बैतडी : मेलौली नगरपालीका–०७ पचकोरामा रहेको लक्ष्मीपुर आधारभुत विद्यालयलको ३६ औँ बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ। शुक्राबार विद्यालय ब्यवस्थापन समिति अध्यक्ष राजेन्द्र कार्कीको अध्यक्ष्यता तथा मेलौली नगरपालिका–०७ का वडाध्यक्ष रामचन्द्र भट्टको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयले वर्षभरि गरेका कामको समिक्षा एवं बार्षिक प्रतिबेदन प्रस्तुत गरिएको थियो। विद्यालयको कुल आय ३६ लाँख ७८ हजार २०९ रुपैयाँ रहेको प्रधानाध्यापक पवित्रा कलौनीले जानकारी दिनुभयो। यसैगरी ३३ लाँख ६६ हजार २८५ रुपैया ब्यय र मैज्जाद ३ लाँख ११ हजार ९२३ रहेको जानकारी गराएका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कार्यबहाक नगर प्रमुख भट्टले विद्यालयको शैक्षिक स्तर सुधार गर्न वडा र नगरपालिका प्रतिबद्ध रहेको बताएका थिए। आफुले बिभिन्न माथिल्लो निकायसगं समन्वय गरी शिक्षा प्रणालीमा कसरि सुधार ल्याउन सकिन्छ भनि पहल गर्ने बताउनुभयो।
साथै बार्षिकोत्सव कार्यक्रममा बिभिन्न प्रकारका सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिएका थिए। कार्यक्रममा बिभिन्न राजनिति दलका ब्यक्तिहरु, जनप्रतिनिधि लगायत शिक्षक, बिद्यार्थी र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन शिक्षक चेत बहादुर चन्दले गर्नुभएको थियो।