बैतडीमा निस्सासिएर एकजनाको मृत्यु

बैतडीमा निस्सासिएर एकजनाको मृत्यु भएको छ।

पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका कैलालीको कैलारी गाउँपालिका–६ का ३७ बर्षीय पुनाराम थारुको निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

शनिबार राति कोइला बालेर कोठामा सुतेका थारु बिहान सम्म नउठेपछि उनलाई अचेत अवस्थामा फेला पारिएको थियो। उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएका थारुलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतक थारुको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमै राखिएको छ । मृतकका आफन्त कैलालीबाट आउन लागेकाले उनीहरु आएपछि मात्रै पोष्टमार्टम कार्य अघि बढ्ने प्रहरी निरीक्षक पाण्डेयले बताए।

कोइला बालेर सुतेको हुनाले थारुको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

Leave A Reply

Your email address will not be published.