डोटीमा भिरबाट लडेर महिलाको मृत्यु

डोटीः भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका–३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर ३९ वर्षीया भूमिसरा खड्काको सोमबार बिहान घटनास्थलमै मृत्यु हो।

उनी बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा तल खोलामा खसेकी थिइन्। भिरबाट खसे लगत्तै उनको मृत्यु भएको वडाअध्यक्ष नवीन ओझाले बताए। मृतकका श्रीमान, दुई छोरा र दुई छोरी छन्।

Leave A Reply

Your email address will not be published.