नेपाल राष्ट्रिय शिक्षक संगठन पाटनको अध्यक्षमा पुनः भट्ट चयन

बैतडी : पाटन नगरपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेस्रो अधिबेशन सम्पन्न भएको छ। संगठनका प्रदेश कमिटि सदस्य नन्दराम अवस्थीको प्रमुख अथित्यमा सोमबार एक कार्यक्रमका बिच तेस्रो अधिबेशन सम्पन्न भएको जनाईएको छ।

अधिबेशनबाट नयाँ कार्य समिति चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष प्रेमराज भट्टले बताउनुभयो। नयाँ कार्य समितिको अध्यक्षमा गोपाल दत्त भट्ट पुनः दोहरीएका छन।

यसैगरी संगठनको उपाध्यक्षमा नमराज भट्ट, महिला उपाध्यक्षमा चन्द्रा धामी, सचिवमा डम्बर बिष्ट, कोषाध्यक्षमा गगन सिह भण्डारी, सह–कोषाध्यक्षमा नरेन्द्र सिह रावल, सह–सचिवमा नरेन्द्र सिह महरासहित २१ सदस्यीय कार्य समिति चयन गरिएको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.