मेलौलीका कांग्रेस नेता चन्दको निधन, पार्टिद्धारा मौनधारण

बैतडी : मेलौलीका कांग्रेस नेता बहादुर चन्दको निधन भएको छ। मेलौली नगरपालिका–०३ कुजागाड सहजपुर निवासी ७३ वर्षीय चन्दको निधन भएको हो।

चन्दको समान्य अवस्थामा अचानक मृत्यु भएको नेपाली कांग्रेस मेलौली ५ का वडासभापति प्रेम बहादुर चन्दले बताउनुभयो। नेपाली कांग्रेस मेलौली नगर कमिटीका बर्तमान कार्य समिति सदस्य रहेका चन्दको निधनले पार्टि शोकमय भएको नगर सभापति प्रमानन्द भट्टले बताउनुभयो।

बिहीबार नेपाली कांग्रेस मेलौली नगर कमिटीले चन्दको पार्थीव शरीरमा पार्टिको झण्डा ओढाई एक मिनेट मौनधारण गरेको थियो। मौनधारणमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको नेपाली कांग्रेस मेलौली नगर कमिटीले जनाएको छ।

चन्द नेपाल रेडक्रस सोसाईटीका आजिवन सदस्य लगायत २०४९ सालमा तत्कालीन सलेना गाबिसका अध्यक्ष हुन। चन्दले नेपाली कांग्रेस मेलौली ३ को वडा कमिटीको जिम्मेवारी पनि सम्हालीसकेका छन।

चन्दको शुक्रबार स्थानीय परम्परा अनुसार अन्तेष्ठी गरिने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.