लागुऔषध सहित डडेल्धुरामा दुई युवक पक्राउ, अनुसन्धान सुरु

डडेल्धुरा सदरमुकामस्थित बसपार्कबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। शुकबार अमरगढी नगरपालिका-५ बागबजारस्थित बसपार्कबाट जिल्लाको नवदुर्गा गाउँपालिका-२ का २६ वर्षीय खेमराज भट्ट र डोटीको शिखर नगरपालिका-८ गोबघाटका २६ वर्षीय साजन बलायरलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

भट्टको साथबाट ०।२० मिलीग्राम खैरो हेरोइन र बलायरको साथबाट प्रिगासप्ट नामक २५ ट्याब्लेट लागुऔषधी फेला परेको डडेल्धुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक उप्रेन्द्रबहादुर बमले जानकारी दिए। साथै निजहरु चढेको सुपप्र। ०१-००९ प ९६५२ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए।

Leave A Reply

Your email address will not be published.