बैतडी: सिगास गाउँपालिका उपाध्यक्ष धाना धामी लीड्स आइकनबाट सम्मानित भएकी छन्। देशभरीमा उत्कृष्ट तीन जनप्रतिनिधिभित्र पर्न सफल भएकी धामी सम्मानित भएकी हुन्।
‘सी लिड्स आइकन’ अभियानमा देशभरीबाट १४० जना महिला जनप्रतिनिधिको सूची तयार भएको थियो। अन्तिम प्रतिस्पर्धामा २७ जना सहभागी थिए। २७ मध्ये उत्कृष्ट तीन जनाभित्र पर्न सफल धाना धामीले शुक्रवार एक विशेष समारोहका विच प्रधानमन्त्री केपी शर्मा ओलीबाट पदक सहित सम्मानपत्र ग्रहण गरेकी हुन।
यस सम्मानबाट आफुलाई सामाजिक तथा राजनितिक कार्यमा शसक्त भएर लाग्नको लागि थप प्रेरणा मिलेको उपाध्यक्ष धामीले बताइन्। सामाजिक तथा राजनितिक क्षेत्रमा लाग्नको लागि थप प्रेरणा पनि धामीले बताईन्।