बैतडीको डिलाशैनीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, ३३५ जनाले लिए सेवा

बैतडी : बैतडीको डिलाशैनीमा शनिवार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीको आयोजनामा डिलाशैनी गाउँपालिका–७ को शिक्षा केन्द्र अमर मा।विको प्राङ्गणमा स्वस्थ्य शिविर सम्पन्न भएको हो।

शिविरबाट ३३५ जना नागरीकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीका कार्यालय प्रमुख हिकमत चन्दले बताउनुभयो। १४३ जना महिला र १९२ जना पुरुषले सेवा लिएको उहाँले बताउनुभयो।

शिविरमा बाधरोग, उच्चरक्तचाप, अम्लपित्त, दम, बाबाशिर, प्रदर, मधुमेह, स्त्रि रोग लगायतका रोगहरुको परामर्श तथा चेकजाच गरिएको जनाईएको छ। यसैगरी जेष्ठ नागरीक, स्वास्थ्य प्रर्वदक र दिर्घरोगका विरामिहरुलाई औषधी वितरण गरिएको कार्यालय प्रमुख चन्दले बताउनुभयो।

शिविरबाट सेवा लिन पाउदा नागरीहरु खुसि भएका थिए।

Leave A Reply

Your email address will not be published.