मेलौली ७ मा यू–१६ पुरुष क्रिकेट तथा जेष्ठ नागरीक सम्मान कार्यक्रम हुदैँ

बैतडी : मेलौली नगरपालिका–०७ मा यू–१६ टि–१० पुरुष क्रिकेट प्रतियोगिता तथा जेष्ठ नागरीक सम्मान कार्यक्रम हुने भएको छ। यहि पुष २६ गतेदेखी भरतपुर माध्यमिक विद्यालयको गाउँकोटको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको छ।

वडा स्तरीय खेलकुद विकास समितिको आयोजना तथा वडा कार्यालयको आर्थीक सहयोगमा प्रतियोगिता सञ्चालन हुने खेलकुद संयोजक बिरेन्द्र बहादुर चन्दले बताउनुभयो। पाचौँ वडास्तरीय सहिद चिन्तामणी पुस्कर स्मृति अन्तर्गत प्रतियोगिता सञ्चालन हुने चन्दले बताउनुभयो।

प्रतियोगितामा प्रथम हुने टिमलाई १२ हजार र दित्तीय हुनेलाई ९ हजार सहित मेडल प्रमाण-पत्र प्रदान गरिने जनाईएको छ। साथै उत्कृष्ट खेलाडीहरुलाई पनि नगद सहित प्रमाण-पत्र प्रदान गरिने खेलकुद संयोजक चन्दले जानकारी दिनुभयो।

प्रतियोगितामा सहभागि हुने टिमले यहि पुष २५ गते साझसम्म टिम दर्ता गराईसक्नु पर्ने छ। टिम दर्ता गर्न आउदा खेलाडीहरुले जन्मदर्ताको सक्कलै प्रमाणपत्र ल्याउनुपर्ने जनाईएको छ।

यसैगरी जेष्ठ नागरीकहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको वडाले जनाएको छ। विगतका वर्षहरुमा जेष्ठ नागरीक दौड प्रतियोगित सञ्चालन गर्दै आएको वडाले यस वर्ष भने सम्मान मात्रै गर्ने जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.