बैतडीको सिगासका साउँद भारतमै अस्ताए, परिवार शोकमा

बैतडीका एक युवकको भारतमा बालुवाखानीमा च्यापिएर मृत्यु भएको छ।

भारतको पिथौरागढमा काम गर्दै आएका सिगास गाउँपालिका–४ तल्लाऐनीका अन्दाजी २५ वर्षीय टेकसिंह साउँदको आइतबार बालुवाखानीमा च्यापिएर मृत्यु भएको वडा अध्यक्ष हरिसिंह बोहराले बताए।

वडाध्यक्ष बोहराका अनुसार घटनाका विषयमा विस्तृत जानकारी भने आएको छैन। मृतक साउँद दुई महिना पहिलामात्रै पिथौरागढ गएका थिए। उनका श्रीमती र दुई छोराछोरी छन्।

साउँदको निधन भएपछि परिवार शोकमा डुवेको छ।

Leave A Reply

Your email address will not be published.