बैतडी : मेलौली नगरपालिका–०७ ले न्यानो कम्बल वितरण गर्ने भएको छ। चिसो बढ्दै गएपछि बिपन्न तथा असहाय जेष्ठ नागरीकलाई न्यानो कम्बल वितरण गर्ने वडाध्यक्ष रामचन्द्र भट्टले बताउनुभयो।
यहि पुष २६ गतेदेखी भरतपुर माध्यमिक विद्यालय गाउँकोटको खेलमैदानमा सञ्चालन हुने यू–१६ टि–१० पुरुष क्रिकेट प्रतियोगिताको समापनको दिन न्यानो कम्बल वितरण गरिने जनाईएको छ। वडामा जेष्ठ नागरीक धेरै भएकाले २००३ सम्म जन्ममिति भएका ४० जना बिपन्न तथा असहाय जेष्ठ नागरीकलाई वितरण गरिएको वडाध्यक्ष भट्टले बताउनुभयो।
यसैगरी मेलौली नगरपालिकाले पनि केहि दिनमै न्यानो कम्बल वितरण गर्ने भएकाले २० जनालाई पालिका मार्फत र ४० जनालाई वडा मार्फत गरि ६० जनालाई वितरण हुने जनाईएको छ।