जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण

बैतडीमा एक जनाले जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन। पाटन नगरपालिका–०१ कापडीका राकेश रावलले शैक्षिक सामग्री वितरण गरेका छन।

आफुले अध्ययन गरेको सिद्धेश्वर माध्यमिक विद्यालय मेल्चौराका करिव ५० जना विद्यार्थीलाई कापी कलम वितरण गरेका हुन। विद्यालयको पूर्व विद्यार्थी भएको नाताले जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटाएर सैक्षिक सामग्री वितरण गरेको रावलले बताएका छन।

मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिकमत सिह रावल र प्रधानाध्यापक दिपेन्द्र सिह चाडको उपस्थितिमा सैक्षिक सामग्री वितरण गरिएको हो। केहि महिना पहिला प्रधानाध्यापक चाडले पनि आफ्नो जन्मदिनमा शैक्षिक सामाग्री बितरणको सुरुवात गरेका थिए।

सोहि सुरुवातको कार्यलाई निरन्तरता दिदै आमाबुवा नभएका, विपन्न, गरिब तथा अनुशासित विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरिएको प्रधानाध्यापक चाड्ले बताउनुभयो। यस्ता कार्यले समाजमा र विद्यार्थीहरुमा सकारात्मक भावननाको विकास हुने उहाँले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.