नेपाली सेनाले गर्यो बैतडीमा वक्तृत्वकला प्रतियोगिताको आयोजना

बैतडी : नेपाली सेनाले बैतडीका विद्यालयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ। ३०३ औ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा यहाँस्थित श्रीबक्स गुल्मले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।

शाहिलेकस्थित विरेन्द्र माविमा मंगलबार आयोजना गरेको प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरूको सहभागिता रहेको श्रीबक्स गुल्मका गुल्मपती,सेनानी मधुसूदन केसीले जानकारी दिनुभयो।

उक्त विद्यालय र श्रीबक्स गुल्मको संयुक्त आयोजनामा भएको प्रतियोगिताको शिर्षक राष्ट्र निर्माता,राष्ट्रियताको प्रतिक श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाह रहेको थियो ।

प्रतियोगितामा सहभागी भएका मध्ये उत्कृष्ट पाँच जना छात्ररछात्राहरुलाई नगद पुरस्कारसहित स्टेसनरीका सामग्री वितरण गरिएको छ। प्रथम हुनेमा हसिना ओड, द्वितीय ज्योती पाण्डेय,तृतीय पुजा पाण्डेय,चौथो शिक्षा थापा र पाँचौ स्थान भावना खत्रीले हासिल गर्नुभयो।

विद्यार्थीको अतिरिक्त क्रियाकलापसंगै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानका बारेमा जानकारी दिन प्रतियोगिताको आयोजना गरिएको सेनानी केसीले बताउनुभयो। हरेक वर्ष पुस २७ गतेका दिन पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने गरिएको छ ।

नेपाली सेना पछिल्लो समय विभिन्न सामाजिक कार्यमा पनि सहभागी हुन थालेपछि यहाँका नागरिक खुसी समेत भएका छन्।

Leave A Reply

Your email address will not be published.