मेलौलीका समाजसेवी ठगुन्नाले सामाजिक तथा धार्मिक कार्यमा लगानी बढाउदैँ

बैतडी : मेलौलीका समाजसेवी रमेश सिंह ठगुन्नाले सामाजिक तथा धार्मिक कार्यमा लगानी बढाउदैँ गईरहेका छन। मेलौली नगरपालिका–०८ कोटिगाउँ (चौंडा) कटुला निवासी एवं हाल रोजगारीको लागि भारत बेङ्लोरमा रहेका ठगुन्नाले सामाजीक कार्यलाई निरन्तरता दिएका छन।

२०७९ सालमा गंगेश्वर मन्दिर कोटिगाउँमा सौर्यबत्ती गरेका ठगुन्नाले २०८० सालमा पनि कोटिगाउँकै निलपाल मन्दिर, बेताल मन्दिर र गंगेश्वर भण्डारमा थप ४ थान सौर्यबत्ती जडान गरेका थिए। कोटिगाउँमा निरन्तर सामाजिक कार्य गर्दै आएका गठुन्नाले गंगेश्वर मन्दिरको भान्छाघरको छत (लेन्टर) निमार्ण कार्य सम्पन्न गर्नुभएको थियो।

सामाजिक कार्यमा अग्रसर हुने ठगुन्नाले फेरीपनि गंगेश्वर मन्दिरको प्रवेशद्धारा (गेट) र एक कोठे भवन निमार्ण गरिरहेका छन। केहि दिनमै सम्पन्न हुनेगरी मन्दिरको प्रवेशद्धारा र एक कोठे भवन निमार्ण कार्य अन्तिम चरणमा रहेको गंगेश्वर मन्दिर क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष लोकसिह बिष्टले जानकारी दिनुभयो।

सामाजिक कार्यमा ठुलो भुमिका खेलिरहेका ठगुन्नाको उच्च मुल्याङ्कन गर्दै मन्दिर क्षेत्र ब्यवस्थापन समितिले बधाई तथा सम्मान गर्ने जनाएको छ। ठगुन्नाले मन्दिर प्रति र धार्मीक कार्यमा दिएको योगदानको अभिलेख राखिने मन्दिर क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष बिष्टले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.