बैतडी : गायक तथा सर्जक महेन्द्र राम पार्कीको आवाजमा लोक भजन “हे बाबा परशुराम” सार्वजनीक भएको छ। गायक पार्कीको आफ्नै अफिसियल यूटुब च्यानलबाट भजन भिडियो सहित सार्वजनीक भएको हो।
बसन्त प्रकाश जोशीको शब्द तथा हेमन्त शिशिरको संगित रहेको भजनमा ग्रुप आवाज भने रुपी सिजाली मगर र रमिला बिश्वकर्माको रहेको छ। डि म्यूजीक स्टुडीयो काठमाण्डौमा रेकर्ड गरिएको भजनका एरेन्ज मिक्स माष्टर पनि हेमन्त शिशिर रहनुभएको गायक पार्कीले बताउनुभयो।
भजनमा परशुराम धाम अर्थात परशुराम मन्दिरको महिमाका बारेमा बर्णन गरिएको छ। परशुराम वरपरका बिभिन्न धार्मीक र ऐतिहासिक ठाउँहरुको पनि ब्याख्या गरिएको भजन भिडियो परशुराम मन्दिरको आगनमा खिचिएको छ।
भजनका बारेमा आवश्यक सल्लाह र सुझाव दिन गायक पार्किले आग्रह गरेका छन। बिगतका गित संगितहरु जस्तै यो भजनलाई पनि माया गरिदिन उनले अनुरोध गरेका छन।