बैतडी : सरस्वती आधारभुत विद्यालयको १७ औँ वार्षिकोत्सव कार्यक्रम तथा अभिभावक दिवस सम्पन्न भएको छ। शिवनाथ गाउँपालिका–०१ बोड्ब्यामा रहेको विद्यालयले बुधबार एक कार्यक्रमका साथ १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको सहायक प्रधानाध्यापक भानसिह साउँदले बताउनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद चौधरीले विद्यालयका गतिबिधि र प्रतिबेदन प्रस्तुन गर्नुभएको थियो। यसैगरी कार्यक्रममा शैक्षिक सत्र २०८० को वार्षिक परिक्षामा प्रथम, द्धित्तीय र तृतीय भएका विद्यार्थीलाई पुरुस्कार वितरण गरिएको विद्यालयले जानकारी दिएको छ।
विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गौरी सिह चाड्को अध्यक्षता तथा कार्यबहाक वडाध्यक्ष देबेन्द्र सिह साउदको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको थियो। कार्यक्रममा बिशिष्ट अतिथि नागार्जुन आधारभुत विद्यालय कुंडका प्रधानाध्यापक तेजराज जोशी रहनु भएको सहायक प्रधानाध्यापक साउँदले बताउनुभयो।
कार्यक्रमलाई शिक्षक भुपेन्द्र सिह साउदले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, समाजसेवी, बिभिन्न निकायमा कार्यरत कर्मचारी लगायत अभिभावकको बाक्लो उपस्थिति रहेको विद्यालय परिवारले जानकारी दिएको छ। वार्षिकोत्सवमा कुस्मौत घाटका ईन्चार्ज प्रकास ढकालको नेतृत्वमा शान्ति सुरक्षाको टोलि सहभागि भएको थियो।