बैतडी: शिवनाथमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। नगार्जुन माध्यमिक विद्यालय शर्मालीको प्राङ्गणमा आजबाट प्रतियोगिताको शुरुवात गरिएको हो।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ पाचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा पालिका भरीका ९ विद्यालयहरुको सहभागिता रहेको छ।
तस्वीरहरु–
फोटो पत्रकार मंगेश दयाल


















