दिपक राज दिर्घायु
फागुन १४ शनिबार,२०७८
बैतडी–मेलौलीमा भुमि समस्या समाधान सम्बन्धि एकदिने छलफल तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दलित सञ्जाल मेलौली नगर कमिटिको आयोजनामा शुक्रबार एकदिने छलफल कार्यक्रम सम्पन्न भएको दलित सञ्जला मेलौली नगर कमिटि सचिब धनिराम लुहारले बताए ।
दलित सञ्जाल मेलौली नगर कमिटि उपाध्यक्ष चेतराम नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमबाट भुमिहिन, सुकुम्बासी, अव्यवस्थित वसोबासीको पहिचान गरि तथ्याङ्क संकल्न गर्न मेलौली नगरपालीकालाई अनुरोध गरिएको छ ।
त्यसैगरि मेलौलीमा भुमि आयोग गठन गर्ने निर्णय पनि भएको दलित सञ्जला मेलौली नगर कमिटि सचिब लुहारले बताए । भुमि आयोग गठन गरिसकेपछि भुमिहिन बर्गका समस्या समाधानका लागी स्थानिय निकायदेखि केन्द्रिय भुमि अधिकार मञ्च सम्म जानकारी गराई पहल गर्न जनाईएको छ ।
कार्यक्रममा राष्ट्रिय भुमि अधिकार मञ्चका संयोजक नरिराम लुहार, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी निर्देशक जगत देउजा, राष्ट्रिय भुमि अधिकार मञ्चका पुर्ब अध्यक्ष ल्याम बहादुर दर्जि, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका संयोजक कल्पना कार्किको उपस्थिति रहेको थियो ।
यसैगरि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय भुमि अधिकार मञ्च बैतडी जिल्ला अध्यक्ष रुकुवा राम लुहार रहेका थियो। बिशिष्ट अतिथिमा नेकपा ऐमाले मेलौली नगर कमिटि ईन्चार्ज जगदिश सिह नायक, नेपाली काग्रेस मेलौली नगरपालीका–०९ सभापति लोकराज भट्ट र नेपाली काग्रेसका युवा नेता अधिबक्ता ईश्वरि दत्त भट्ट लगायत बिभिन्न ब्यक्तिहरुको उपस्थित रहेको थियो ।