मेलौलीमा गुणस्तरीय शिक्षा र शिक्षकहरुका पेशागत बिषयमा छलफल

बैतडी : नेपाल शिक्षक संघ मेलौलीको प्रतिनिधि सभा सम्पन्न भएको छ। शनिबार एक कार्यक्रमको आयोजना गरेर प्रतिनिधि सभा सम्पन्न गरिएको छ।

नेपाल शिक्षक संघ मेलौलीका अध्यक्ष ईश्वरसिंह क्षेत्रीको अध्यक्षतामा भएको प्रतिनिधि सभामा नेपाली कांग्रेसका महासमिति सदस्य ईश्वरदत्त भट्ट प्रमुख अतिथी रहेका थिए।

प्रतिनिधि सभामा नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष गणेशसिंह भण्डारी, नेपाल तरुण दल बैतडीका कार्यवाहक अध्यक्ष महेशदत्त भट्ट, नेपाल शिक्षक महासंघका केन्द्रीय प्रतिनिधि रमेश ओझा लगायतको सहभागिता रहेको थियो।

प्रतिनिधि सभाले नयाँ आउने संघीय शिक्षा ऐन शिक्षक, विद्यार्थी र अभिभावकमैत्री आउनुपर्नेमा जोड दिएको छ। नयाँ शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएका तमाम समस्या सम्बोधन गर्नुपर्ने नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष गणेशसिंह भण्डारीले बताए।

यस्तै गुणस्तरीय शिक्षा, शिक्षकहरुका पेशागत हकहित लगायतका बिषयमा पनि प्रतिनिधि सभामा छलफल भएको छ। सभामा सहभागी मणिलेक मावि काँडा मेलौलीका प्रधानाध्यापक देवदत्त कलौनीले गुणस्तरीय शिक्षाका लागि सबैले सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिए।

Leave A Reply

Your email address will not be published.