नेपाल राष्ट्रिय शिक्षक संगठन सिगासको अध्यक्षमा धामी चयन

बैतडी : नेपाल राष्ट्रिय शिक्षक संगठन सिगास गाउँ समितिको अध्यक्षमा जोगासिंह साउँद चयन भएका छन् । शनिबार सम्पन्न भएको अधिवेशनले साउँदको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।

उक्त समितिको उपाध्यक्षमा मनोज धामी, महिला उपाध्यक्षमा सावित्री खड्का, सचिवमा महेन्द्र सिंह, सह–सचिवमा केशवसिंह बोहरा, कोषाध्यक्षमा जयसिंह धामी,सह–कोषाध्यक्षमा नमूना धामी चयन भएका नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेमराज भट्टले बताए ।

जिल्लाका सबै पालिकाहरुमा अधिवेशन सम्पन्न गर्ने योजना अनुसार सिगास गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.