बैतडी: मेलौलीमा ४० जना जेष्ठ नागरीकलाई न्यानो कम्बल वितरण गरिएको छ। मेलौली नगरपालिका–०७ मा जेष्ठ नागरीकहरुलाई न्यानो कम्बल वितरण गरिएको वडाध्यक्ष रामचन्द्र भट्टले बताउनुभयो।
चिसो बढ्दै गएपछि बिपन्न तथा असहाय ४० जना जेष्ठ नागरीकलाई न्यानो कम्बल वितरण गरिएको वडाध्यक्ष भट्टले बताउनुभयो। शनिबार भरतपुर माध्यमिक विद्यालय गाउँकोटको खेलमैदानमा सञ्चालन भएको यू–१६ टि–१० पुरुष क्रिकेट प्रतियोगिताको समापनको दिन न्यानो कम्बल वितरण गरिएको जनाईएको छ।
वडामा जेष्ठ नागरीक धेरै भएकाले २००३ सम्म जन्ममिति भएका ४० जना बिपन्न तथा असहाय जेष्ठ नागरीकलाई न्यानो कम्बल वितरण गरिएको वडाध्यक्ष भट्टले बताउनुभयो। मेलौली नगरपालिकाले पनि केहि दिनमै न्यानो कम्बल वितरण गर्ने भएकाले २० जनालाई पालिका मार्फत र ४० जनालाई वडा मार्फत वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ।
न्यानो कम्बल वितरण भएपछि नागरीकहरु खुसि भएका थिए।