मेलौली न्यूज
फागुन १४ शनिबार,२०७८
बैतडी–जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीले समन्वयात्मक वार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द मेलौलीको आयोजनामा जनप्रतिनिधि सहितको सहभागितामा समन्वयात्मक वार्षिक समिक्षा गोष्ठि कार्यक्रम शनिबार सम्पन्न गरेको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र यससंग सम्बन्धित जिल्ला भरका आयुर्वेद संस्थाका प्रमुखहरुको सहभागितामा कार्याक्रम सम्पन्न भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद सुचना अधिकारी प्रकाश चन्द्र बोहराले बताए ।
कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त कार्यालय प्रमुख हिकमत बहादुर चन्दको अध्यक्षताम, मेलौली नगरपालिका नगर प्रमुख कृष्ण सिंह नायकको प्रमुख आतिथ्यता तथा उपप्रमुख कुमारी राधा ओझाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
अतिथिमा मेलौली नगरपालिका–०१ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुरत सिंह नेगी, वडा न ७ का वडा सदस्य जैदेव भट्ट र जिल्लाभरका विभिन्न आर्युेवेदका प्रमुखहरुको उपस्थिती रहेको थियो।
आर्युेवेदका प्रमुखहरुले आफ्नो कार्यालयको आःव २०७७/०७८ मा भए गरेका कार्यको प्रतिवेदन प्रोजेक्टरको माध्यमद्धारा प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका वार्षिक क्रियाकलापमा उपस्थिीत जनप्रतिनधीले आयुर्वेद सञ्चालन र प्रभावकारी बनाउनको लागी सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।