बझाङ-बझाङमा ढुंगा खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको थलारा गाउँपालिका–३ देबलमाझकी अन्दाजी २४ वर्षीया राधिका जोशी उपाध्यायको हिजो (सोमबार) घर पोत्ने माटो खन्ने क्रममा ढुंगा खस्दा मृत्यु भएको हो।
उनका दुई नाबालक छोराछोरी छन्। राधिकाको घरमा हाल ४० दिनकी एक नवजात छोरी र ढाई वर्षको छोरा छन्। उनको मृत्यु भएपछि छोराछोरीको विचल्ली भएको वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो ।