बैतडी-बैतडी जिल्लाको भूमि समस्या समाधान आयोगको अध्यक्षमा पाटन नगरपालीका– ७ निवासी रमेश पाण्डेय नियुक्त भएका छन्। नेपाल सरकार मन्त्रिपरिषदको बैठकले सोमबार भूमि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क)बमोजिम देशभरका बिभिन्न जिल्लाका अध्यक्षहरू चयन गर्ने क्रममा बैतडी जिल्लाका लागि पाण्डेय परेका हुन।
अध्यक्ष नियुक्त भएपछि मेलौली खवरलाई प्रतिक्रिया दिंदै पाण्डेयले सुकुम्बासी, भूमिहीन, अब्यवस्थित बसोबासीको समस्या समाधानमा केन्द्रित भएर लाग्ने बताउनुभयो। आफ्नो क्षमताले भ्याएसम्म समस्या समाधानमा केन्द्रित भएर लाग्नेछु”–उनले भने।
पाण्डेय नेपाली काग्रेस जिल्ला कार्य समिति बैतडीका पुर्व कोषध्यक्ष समेत हुन।
