बैतडी : बैतडीका एक युवक भारतमै अस्ताएका छन। जिल्लाको शिवनाथ गाउँपालिका–०३ सकराका २४ वर्षिया राजेन्द्र सिह साउँदको भारतमा मृत्यु भएको उनका भाउजु अहिल्या ठकुराठिले जानकारी दिनुभयो।
भारतको हरियाणा राज्यको एक होटलमा काम गर्दै आएका साउँदको मंगलबार राति मृत्यु भएको परिवारले जनाएको छ। डिउटी सकेर करिव ८/९ बजे कोठा जादै गर्दा बाटो काट्ने क्रममा साउँदलाई गाडीले ठक्कर दिएको उनका भाउजु ठकुराठिले बताउनुभयो।
घटनास्थलमै ज्यान गुमाएका साउँदको मृत्युले परिवार शोकमा डुबेको छ। मृतक साउँद घरका जेठा छोरा हुन। उनका एक भाई, एक बहिनि र आमा घरमा छन।
मृतक साउँदका बुवापनि भारतमै काम गर्छन। छोराको मृत्युको खबर सुनेपछि बुवा घटनास्थल पुगेका छन। ठक्कर दिने ब्यक्तिको पहिचान हुन सकेको छैन। घटनाको छानबिन गरि दोशिलाई कार्वाहीको माग गरिएको छ।