कैलालीबाट चितुवाको छाला सहित एक जना पक्राउ

धनगढी–कैलालीबाट चितुवाको छालासहित एक जना पक्राउ परेका छन। भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्राउ परेका हुन्।

उनलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँतसहित नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

बरामद गरिएको छाला ४ फिट ४ इन्च लम्बाइ र १ फिट १० इन्च चौडाइको छ।

Leave A Reply

Your email address will not be published.