नेपाल राष्ट्रिय शिक्षक संगठन दोगडाकेदारको अध्यक्षमा जोशी चयन

बैतडी–नेपाल राष्ट्रिय शिक्षक संगठन दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा विष्णुदत्र् जोशी चयन भएका छन्। शनिबार सम्पन्न भएको अधिवेशनले जोशीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उक्त समितिको खुला उपाध्यक्षमा बिरबहादुर बिष्ट, महिला उपाध्यक्ष हिराकुमारी भट्ट, सचिवमा कल्याणसिंह ऐरी, सहसचिवमा दानबहादुर भाट, कोषाध्यक्षमा देवसिंह बिष्ट, सहकोषाध्यक्षमा महेश्वरी चन्द लगायत अन्य सदस्यहरु चयन भएका नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेमराज भट्टले जानकारी दिनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन दोगाकेदारका निवर्तमान अध्यक्ष बल्देव नाथको अध्यक्षतामा भएको अधिवेशनमा दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए । अधिवेशनमा जिल्ला अध्यक्ष भट्टका साथै अन्य सरोकारवालाहरुको समेत उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.