बैतडीका रमेशको भारतमा मृत्यु

बैतडी-बैतडीका एक जनाको भारतमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ चिल्यापानीका २५ वर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो।

भारतको गुजरातमा आइतवार बिहान सडक दुर्घटनामा उनको मृत्यु भएको परिवार स्रोतले बताएको छ। रमेशले चलाएको बस दुर्घटना भएको हो। उनको परिवार पाँच वर्षदेखि भारतमा बस्दै आएको थियो। उनकी श्रीमती, २ वर्षीय छोरी र एक वर्षको छोरा छन।
रोजगारीको सिलसिलामा भारतमा रहेका रमेशको कलिलो उमेरै निधन भएपछि उनको परिवार शोकमा डुबेको छ।

Leave A Reply

Your email address will not be published.