बैतडीमा ९० हजार बाख्रामा पिपीआर खोप लगाइदैछ। भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाटन, बैतडीले बाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ।
उक्त अभियानअन्तर्गत करिब ९० हजार बाख्रामा खोप लगाइने लक्ष्य रहेको कार्यालय प्रमुख गुमानी पन्तले बताए।
खोपकर्तालाई अभिमुखिकरण तालिम दिएर १० वटै स्थानीय तहमा पुष २६ गतेबाट खोप अभियान सुरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाटन, बैतडीका सूचना अधिकारी रत्ना कार्मीले बताइन्। उनले अहिलेसम्म ४० हजार बाख्रामा पिपीआर खोप दिइसकेको छ।
खोप अभियान कार्यक्रम ९० हजार बाख्रामा पिपिखार खोप लगाउने लक्ष्य भएपनि स्थानीय तहले माग गरेरमा प्रदेश सरकारले थप पठाउन सक्ने कार्यालय प्रमुख पन्तले बताए। स्थानीय सरकारसँगको सहकार्यमा खोप केन्द्र सञ्चालन गरिनुका साथै भ्याक्सिनेटरद्वारा अभियान सञ्चालन गरिएको उनले बताए।
नेपालमा पछिल्लो समय पिपीआर रोगका कारण धेरै संख्यामा भेडाबाख्राको मृत्यु भएको सरकारी तथ्याङक छ। रोगका कारण किसानले ठूलो मात्रामा नोक्सानी व्याहोर्नु परेकाले विगतका वर्ष झैँ यस वर्ष पनि अभियान सञ्चालन गरी खोप लगाउन थालिएको हो।
सबै कृषकलाई आफ्नो बाख्राहरुलाई खोप अनिर्वाय लाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाटन, बैतडीले आग्रह गरेको छ।