बैतडी : मेलौली नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा दुईदिन विदा दिईएको छ। यहि माघ ११ गते र १३ गते दुईदिन विदा दिईएको प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दले बताउनुभयो।
भोलीदेखी सञ्चालन हुन गईरहेको नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको अवसरमा विदा दिएको नगरपालिकाले जनाएको छ। मेलौली भगवती मन्दिरको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुदैँ छ।
प्रतियोगिता तिन दिनसम्म सञ्चालन हुनेछ। १२ गते शनिबार परेकाले ११ र १३ गतेका दिन विदा दिएको जनाईएको छ।