देवथला माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी : पञ्चेश्वर गाउँपालिका–०२ बास्कुमा रहेको देवथला माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। बिहिबार एक कार्यक्रमका साथ ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको प्रधानाध्यापक शुक्र बहादुर चन्दले जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालयले वर्षभरी गरेका कामहरुको समिक्षा एवं वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। यसैगरी कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वडा नं. २ का वडा अध्यक्ष बिर बहादुर चन्दको सभाध्यक्षता र पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको थियो।

Leave A Reply

Your email address will not be published.