बैतडीको मेलौलीमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बैतडी -मेलौलीमा आजबाट पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। मेलौली भगवति मन्दिरको प्राङ्गणमा प्रतियोगिता सुरु भएको छ।

नगर खेलकुद विकास समिती अध्यक्ष सागर भण्डारीको अध्यक्षता र नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आथित्यतामा प्रतियोगिता सुरु भएको नगरपालिकाले जनाएको छ। यसैगरी प्रतियोगितामा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द र प्रवक्ता जनक बहादुर चन्द बिशिष्ट अतिथि रहनु भएको जनाईएको छ।

प्रतियोगिताको शुक्रबार उदघाटन गर्दै मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्द(भुकम्प)ले  खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो ।

बिशिष्ट अतिथि समेत रहेका पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादर चन्दले कार्यक्रममा बोल्दै मेलौली क्षेत्रले नेपालको खेल क्षेत्रमा ठुलो योगदान दिएको बताउनुभयो ।“पहिलेदेखि नै यस क्षेत्रले अब्बल खेलाडी उत्पादन गरि राष्ट्रलाई नै खेल क्षेत्रको चिनाएको छ, यसमा हामीले गौरब गरेका छौ र मेलौली क्षेत्रका सबैले गौरब गर्नु पर्छ” ”उहाँले भन्नुभयो । मैलौली क्षेत्रलाई प्रसिद्ध मेलौली भगवती मन्दिर र खेल क्षेत्रले देशमै चिनाएको बताउनुभयो ।

प्रतियोगितामा नगरपालिका भित्रका १२ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ।प्रतियोगितामा शुक्रबार चारवटा खेलहरु सम्पन्न भएका नगर खेलकुद समिति अध्यक्ष शंकर भण्डारी (सागर)ले जानकारी दिनुभयो ।ज्याब्लिङ थ्रो सर्टफुट, लङजम्प र छात्रतर्फ सय मिटर दौड प्रतियोगिता सम्पन्न भएका खेलकुद ब्यवस्थापक मुकेशकान्त दयालले दयालले जानकारी दिनुभयो ।

प्रतियोगिता आईतबार सम्पन्न हुने छ। प्रतियोगिताको लागि नगरपालिकाले दुईदिन पालिकाभरीका सम्पूर्ण विद्यालयहरुमा विदा दिएको छ।

Leave A Reply

Your email address will not be published.