बैतडीको सिगासमा जीप दुर्घटना हुदा ६ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको सिगास गाउँपालिका १ को गणानबाट इराना जाने क्रममा शनिवार बिहान ५ बजे सोही वडाको माँडौ भन्ने स्थानमा सुपप्र ०१ ००१ च ४०२८ नम्बर जिप दुर्घटना हुँदा ६ जना गम्भिर घाइते भएका हुन् ।

सिगास गाउँपालिका १ इरानाका १४ वर्षिय जयन्ती धामी, सोही ठाउँका ४० बर्षिय तुलसी धामी, १६ बर्षिय निरा धामी, १९ वर्षिय पार्वति धामी, १८ वर्षिय कमला धामी र १४ बर्षिय धौली धामी रहेको जिल्ला प्रहरी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

घाइते सबैको अवस्था गम्भीर रहेको र उनीहरुलाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी प्रवक्ता पाण्डेयले बताउनुभयो । चालक सहित जिपमा ८ सवार रहेको बुझीएको छ ।

जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको थियो । घटनाको बिषयमा थप अनुसान्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.