मेलौलीमा ११९४ किशोरीहरूलाई एचपिभी विरुद्धको खोप दिइँदै

बैतडी-मेलौलीमा “एचपिभी खोप” अभियान सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। मंगलबार मेलौली नगरपालिकाको सभाहलमा अभियान सम्बन्धि स्थानीय तह खोप समन्वय समिति र संचार क्षेत्रको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

नगर प्रमुख भिम बहादुर चन्दको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख मोहन सिह भाटले बताउनुभयो। महिलाको पाठेघरको मुखको क्यान्सर गराउने भाईरस विरुद्ध एचपिभी खोप सञ्चालन सम्बन्धि अभिमुखिकरण तथा योजना सम्बन्धि बहस पैरवी कार्यक्रम सम्पन्न भएको उहाले जानकारी दिनुभयो।

नगरभित्र रहेका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थागरी ३२ स्थानवाट खोप प्रदान गरिने छ । मेलौली नगरपालिकामा भने माघ २७ देखि माघ ३० गते सम्म खोप लगाईने स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्दले बताउनुभयो।।

मेलौलीमा एचपिभी खोप लागाउने ११९४ जना किशोरीहरु रहेका छन।एचपिभी खोप यहि माघ २२ देखि फागुन ६ गते सम्म देशैभर सञ्चालन भैरहेको छ ।

कक्षा ६ देखि १० सम्मका विद्यालयहरुमा अध्ययनरत छात्राहरु र विद्यालय नजाने १० देखि १४ बर्ष उमेरका किशोरीहरुलाई सम्बन्धीत विद्यालय तथा स्वास्थ्य संस्थामा खोप लगाईने सरकारको नीति रहेको छ ।

Leave A Reply

Your email address will not be published.