प्रितिपुर माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सव सम्पन्न

बैतडी-बैतडीको मेलौली नगरपालिका-३ बागोठ लेकमा रहेको प्रितिपुर माध्यामिक विद्यालयको ६४ औं बार्षिकोत्सव सम्पन्न भएको छ।
मेलौली नगरपालिका वडा.न-३ का वडा अध्यक्ष गगन सिंह भाटको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव अभिभाबक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष भाटले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि वडाले गर्नुपर्ने आवश्यक सक्दो सहयोग गर्न वडा तत्पर रहेको जानकारी गराउनुभयो।

शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक विद्यार्थी अभिभाबक सबैले आ आफ्नो भूमिका खेलेर राम्रो सम्बन्ध राख्न आवश्यक रहेको जानकारी गराउदै ६४ औं बार्षिकोत्सव मनाउन पाउँदा खुशी लागेको व्यक्त गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा बार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यइक्ष मोहन दयालले आफ्नो स्वर्गीय आमा मंगला दयालको सम्झनामा विद्यालयमा अध्ययनरत सम्पुर्ण छात्राहरुलाई कापी र कलम समेत वितरण गरिएको विद्यालयका शिक्षक शिक्षक मनि दत्त भट्टराईले बताउनुभयो ।

कार्यक्रममा विद्यालयको प्रधानाध्यापक बीर बहादुर चन्दले सम्पूर्ण सहभागी प्रति धन्यवाद दिँदै विद्यालयको बार्षिक आयव्यय प्रस्तुत गर्नु भएको थियो भने विद्यालयको गुणस्तर वृद्धिको लागि आफू सदा लागि पर्ने बताउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक थानेश्वर त्रिपाठीले गर्नु भएको थियो ।भने कार्यक्रम सञ्चालन शिक्षक देव राज रोस्याराले गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दयालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.