भरतपुर माध्यमिक बिद्यालयले मनायो ४८ औँ बार्षिकोत्सव

बैतडी : भरतपुर माध्यमिक बिद्यालयले ४८ औँ बार्षिकोत्सव कार्यक्रम मनाएको छ। मेलौली नगरपालिका–०७ गाउँकोटमा रहेको सो विद्यालयको बुधवार ४८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राज बहादुर चन्दको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा मेलौली नगरपालिका–०७ का वडाध्यक्ष रामचन्द्र भट्ट प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा मेलौली नगरपालिका–०७ का निवर्तमान वडाध्यक्ष राजेन्द्र कार्कि बशिष्ट अतिथि रहनु भएको विद्यालय परिवारले जानकारी दिएको छ।

कार्यक्रममा विद्यालयले बर्षभरी गरेका गरेका कामकाजहरुको बारेमा समिक्षा गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक केशब दत्त ओझाले ८९ लाँख ९५ हजार २५० रुपैया बराबरको प्रतिबेदन प्रस्तुत गरेका थिए।

यसैगरी विद्यालयको शैक्षिक अक्षयकोषमा चन्दा दिनेहरुलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ। 

No description available.

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक प्रेम बहादुर चन्दले राख्नुभएको थियो भने शिक्षक शुक्रसिह भाट् र गोकर्ण दयालले कार्यक्रम सञ्चालन गर्नुभएको हो। कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, शिक्षकहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बिभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए।

Leave A Reply

Your email address will not be published.