प्रेस चौतारी बैतडीको अधिवेशन सम्पन्न, अध्यक्षमा भट्ट निर्विरोध

बैतडी : प्रेस चौतारी नेपाल बैतडीको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले प्रकाश चन्द्र भट्टको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ।

संगठनको उपाध्यक्षमा मंगेश दयाल र राधिका भट्ट, सचिवमा प्रेम वड, सह सचिवमा डम्बर बहादुर बोहरा र सरस्वती मडै चयन भएकाछन्। मदन राज भट्ट, सुरेन्द्र साउद, बसन्ती पन्त धर्मानन्द बडु सदस्य चयन भएकाछन्।

यसैगरी केन्द्रीय परिषद सदस्यमा सीपी लोहिया र भागरथी महरा चयन भएकाछन् भने प्रदेश परिषद सदस्यमा पार्वती ओड र कृष्ण बिष्ट चयन भएका छन।

संगठनका निवर्तमान अध्यक्ष सीपी लोहियाको अध्यक्षतामा भएको अधिवेशनका प्रमुख अतिथी नेकपा (एमाले) केन्द्रीय कमिटि सदस्य तथा बैतडी इन्चार्ज लिलाधर भट्ट रहनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.