शिवपूर्ण मा.वि लामाखालीले मनायो ३३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

बैतडी : शिवनाथ गाउँपालिका–०५ लामाखालीमा रहेको शिवपूर्ण माध्यमिक विद्यालयले ३३ औँ बार्षिकोत्वस मनाएको छ। शनिवार एक कार्यक्रमका बिच ३३ औँ बार्षिकोत्वस तथा अभिभावक दिवस मनाएको विद्यालयका प्रधानाध्यापक सुरत बहादुर चन्दले बताए।

बिद्यलालय ब्यवस्थापन समिति अध्यक्ष जनक सिह धनाडीको अध्यक्षता र शिवनाथ गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउदको प्रमुख आथिथ्यमा कार्यक्रम सम्पन्न भएको बिद्यालयले जानकारी दिएको छ। यसैगरी कार्यक्रममा गाउँपालिका प्रवक्ता केशव बहादुर चन्द, वडा न २ का वडाध्यक्ष सुरेन्द्र सिह साउद, पञ्चेश्वर गाउँपालिका–०३ का वडाध्यक्ष मिन बहादुर चन्द र मणलेक माविका प्रधानाध्यापक देवदत्त कलौनी बिशिष्ट अतिथि रहनु भएको थियो।

कार्यक्रममा विद्यालयले बर्षभरी गरेका गरेका काम–काजहरुको बारेमा समिक्षा गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक चन्दले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, शिक्षकहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बिभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए। कार्यक्रममा अतिथिहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ।

साथै कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो।

Leave A Reply

Your email address will not be published.