बैतडी: मेलौली नगरपालिका–६ स्थित जगदम्बा मावि हतरङगाको ४७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शनिबार सम्पन्न गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी दत्त भट्टको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा मेलौली नगरपालिका बैतडीका नगर प्रमुख भीम बहादुर चन्द )भुकम्प) प्रमुख अतिथी रहेका थिए।
उक्त समारोहमा जिल्ला समुन्वय समिती बैतडीका सदस्य निर्मला भट्ट, समाजिक बिकास समिति संयोजक तथा वडा न ९ का वडा अध्यक्ष लोकराज भट्ट, वडा न ६ वडा अध्यक्ष तरा दत्त भट्ट, कार्यपालिका सदस्य सुरेश परियार, बिजय पोखरेल विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो।
बार्षिकोत्सव कार्यक्रममा विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक गोपाल दत्त भट्टले गर्नुभएको थियो। कार्यक्रममा बार्षिकोत्सवको अवसरमा भएका बिभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता संगै कक्षामा उत्कृष्ट हुने विद्यार्थिलाई पुरस्कार समेत वितरण गरिएको थियो।
साथै कार्यक्रममा कपडा बैंक साहिलेकका संयोजक महेश दत्त भट्टले बिद्यालयले छनोट गरेका अति बिपन्न परिवारका ६ जना बिद्यार्थीहरुलाई न्यानो कम्बल समेत बितरण गरेका थिए।