स्वास्थ्य कार्यालय बैतडीको सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैतडी : स्वास्थ्य कार्यालय बैतडीलेअन्तर पालिका समुन्वय बैठक र सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्दै स्वास्थ्य कार्यालयले सञ्चालन गरिरहेका कामहरुको बारेमा जानकारी दिइएको हो ।

चालु आर्थिक बर्षको अहिलेसम्म सम्पादन भएका कामहरु र स्वास्थ्यका सूचकहरुको बिषयमा स्वास्थ्य कार्यालय बैतडीका निमित्त प्रमुख हरिश भट्टले प्रकाश पारे। स्वास्थ्य कार्यालयमार्फत सञ्चालनमा रहेका कार्यक्रम र सम्पादन भएका कार्यक्रमहरुको बारेमा जानकारी गराएका हुन् ।

यस्तै जिल्लाका १० ओटै स्थानीय तहबाट स्वास्थ्यको क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रमको बारेमा स्वास्थ्य शाखा प्रमुखहरुले जानकारी गराएका छन्। स्वास्थ्य क्षेत्र सुधारका लागि केही नयाँ अभ्यास गरिएका भएपनि धेरै क्षेत्रमा समस्या रहेको बताइएको छ ।

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले स्वास्थ्य क्षेत्र सम्वेदनशील क्षेत्र भएकाले यसमा सबैले दत्तचित्त भएर काम गर्नुपर्ने बताए। नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन सबै तहले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

यस्तै जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यकता भएकाले स्वास्थ्य क्षेत्रमा कार्यरत सबै कर्मचारीहरुले यो बिषयमा ध्यान दिनुपर्नेमा जोड दिए । स्वास्थ्यको क्षेत्रमा जिल्ला समन्वय समितिका तर्फबाट गर्न सकिने सबै सहयोग गर्ने उनले बताए ।

Leave A Reply

Your email address will not be published.