बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका–३ कुलाउ स्थित कुलाउ माद्यामिक विद्यालय कुलाउको ७८ औ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सप्पन्न विभिन्न कार्यक्रमका साथ सोमबार सम्पन्न गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालू चन्दको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोह कार्यक्रममा पञ्चेश्वर गाउँपालिका बैतडीका अध्यक्ष गोरख बहादुर चन्द प्रमुख अतिथी रहेका थिए ।
उक्त समारोहमा पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्ट ,वडा न-३ का वडा अध्यक्ष मीन बहादुर चन्द , नेकपा एलाले पञ्चेश्वर गाउँकमिटी अध्यक्ष कालू सिंह जोशी नेपाल कम्प्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला कमिटी बैतडीका सचिव रमेश चन्द ,नवप्रभात सयुक्त क्याम्पस कुलाउका क्याम्पस प्रमुख मोती सिंह मंगोला विशिष्ट अतिथी रहेका थिए ।दिवसकै अवसर्मा बिद्यालय लाई बिगतका दिनमा योगदान र्पुयाएका दुई जना पुर्व शिक्षकलाई समेत सम्मानित गरेको छ।
सम्मानित हुनेमा स्थापनाकाल देखि आफ्नो सेवानिवृत्त अवधी सम्म र पछि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएका राम दत्त तिवारी र ज्ञान सिह घटाल रहेका छन ।यस्तै लामो समय देखि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सङ्गै शिक्षण गराइ केही महिना पहिला सेवानिवृत्त भएका निवर्तमान प्रधानाध्यापक मोति सिह मङ्गोलालाई सम्मान सहित बिदाइ गरिएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि तथा माओवादी केन्द्रका जिल्ला समिति सचिव रमेश चन्दले सरकारको प्राथमिकता शिक्षाको गुणस्तर सुधारमा भन्दा अन्यत्र केन्द्रित भइरहेको भन्दै यस विषयमा ध्यान दिन आवश्यक रहेको सुझाव दिनुभयो । त्यसैगरी, नेकपा (एमाले) गाउँ कमिटी अध्यक्ष कालु जोशीले कुलाउ माध्यमिक विद्यालयलाई जिल्लाकै अग्रणी शैक्षिक संस्था बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले पछिल्लो समयमा विद्यालयमा विद्यार्थीहरूको अनुशासन कमजोर देखिएकाले गुणस्तरीय शिक्षाका लागि कडाइका साथ अनुशासन पालना गराउनुपर्ने सुझाव दिइन।
कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले विद्यालय विगतमा जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक रहेको स्मरण गराउँदै आगामी दिनहरूमा पनि यही स्तर कायम राख्न सबैलाई अनुरोध गरे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । बार्षिकोत्सव कार्यक्रममा विद्यालयको शैक्षिक,भौतिक तथा आर्थिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक धनबिर राम सार्कीले गर्नुभएको थियो।
यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनुका साथै विद्यालयको भावी योजनाहरूबारे समेत जानकारी गराइएको थियो।