उदय मा.वि कफाडीको ४९ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी: शिवनाथ गाउँपालिका–५ कफाडीमा रहेको उदय माध्यमिक विद्यालयले ४९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष भकत बहादुर चन्दको अध्यक्षता तथा मणिलेक माध्यमिक विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको हो।

यसैगरी कार्यक्रममा वडाध्यक्ष केशव बहादुर चन्द, शिवपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरत बहादुर चन्द, विद्यालय निरिक्षक दिनेश साउद बिशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धनविर सिह धनाडीले ६७ लाख ६ हजार ३५३ रुपैया बराबरको प्रतिबेदन प्रस्तुत गर्नुभएको सहायक प्रधानाध्यापक नारायण चन्दले जानकारी दिनुभयो।

बार्षिकोत्सवको अवसरमा सोहि विद्यालयबाट अक्षराम्भ गर्नुभएका हिरा चन्दले अक्षयकोष स्थापना गर्नुभएको छ। आमा सुना चन्द, बुवा गोपि चन्द र जेठा दाजु कृष्ण बहादुर चन्दको स्मृतिमा १ लाख ११ हजार १११ रुपयाको अक्षयकोष स्थापना गर्नुभएको विद्यालयले जनाएको छ।

अक्षयकोषबाट गरिव, दलित तथा जेहन्दार विद्यार्थीलाई छात्राबृत्ति दिईने जनाईएको छ। कार्यक्रममा कक्षा तथा बिभिन्न बिधामा उत्कृष्ट विद्यार्थीलाई पुरुस्कार वितरण गरिएको सहायक प्रधानाध्यापक चन्दले जानकारी दिनुभयो।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेको थिए। कार्यक्रमलाई शिक्षक राम बहादुर चन्दको सञ्चालन गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.