केदार आधारभुत विद्यालय लाडागाउँको ६४ औँ बार्षिकोत्सव सम्पन्न

बैतडी: पञ्चेश्वर गाउँपालिका–४ लाडागाउँमा रहेको केदार आधारभुत विद्यालयको ४ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र दमाईको अध्यक्षता तथा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको शिक्षक बिरेन्द्र भट्टले बताउनुभयो। कार्यक्रममा पञ्चेश्वर गाउँ कार्य पालिका सदस्य मोहन राम वड, पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का सदस्य मनि दत्त भट्ट, जबलपुर माविका शिक्षक पदम ब. चन्द, सोमेस्वर माविका प्रधानाध्यापक सुरेन्द्र चन्द विशिष्ट अतिथी रहेका थिए।

बार्षिकोत्सवको अवसरमा विद्यालयलाई योगदान पुर्‍याएका एक जना वर्तमान र दुई जना पुर्व शिक्षकलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा बिगत ७ वर्षदेखि विद्यालयमा रहि ईमान्दारीताका साथ काम गर्ने र अहिले संघिय अनुदान कोटाबाट सिफारीस भई टाँक तिलकपुर मावि जानुभएका प्रेम जोशि र जिम्मेश्वर आधारभुत विद्यालयका शिक्षक दलपति राम लोहारलाई बिद्यालयले सम्मान गरेको हो।

यस्तै कार्यक्रममा १ वर्ष भित्रै बिद्यालयको काम ईमान्दारीताका साथ गर्ने उत्कृष्ट शिक्षकको रुपमा बिरेन्द्र भट्टलाई बिद्यालयले प्रशंसापत्र सहित सम्मान गरेको प्रधानाध्यापक हिराराम ओड्ले जानकारी दिनुभयो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो। बार्षिकोत्सव कार्यक्रममा विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक वडले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेको थिए।

Leave A Reply

Your email address will not be published.