बैतडीको पाटन नगरपालिकामा आज सार्वजनिक बिदा

बैतडीको प्रसिद्ध वनारसी मेलाको दिन पाटन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। प्रसिद्ध धार्मिकस्थल वनारसीमा हरेक वर्ष माघ शुक्ल दशमीका दिन जात्रा लाग्ने गर्छ। विशेष पूजाआजासहित वनारसी धाममा जात्रा लाग्ने गरेको स्थानीयले बताएका छन्।

वनारसी धामको जात्रालाई सामुदायिक सद्भावको जात्राका रुपमासमेत लिने गरिन्छ। दलित समुदायका पूजारीले पूजाआजा गर्ने मन्दिरमा सबै जातजातीका दर्शनार्थीले प्रसाद ग्रहण गर्ने चलन रहेको छ।

वनारसी धाममा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत पुग्ने गरेका छन्। सुर्नया नदीको किनारमा अवस्थित वनारसी धामलाई शक्तिशाली देवताको रूपमा पूजाआजा गर्ने गरिएको छ।

Leave A Reply

Your email address will not be published.