हिस्टुन बैतडीको अध्यक्षमा खेमराज जोशी चयन

बैतडी : माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) बैतडीको अध्यक्षमा खेमराज जोशी चयन भएका छन्। केन्द्रीय सचिव अर्जुन कुँवरको उपस्थितीमा हिस्टुन जिल्ला कमिटि पुनर्गठन गरिएको हो।

उक्त कमिटिको उपाध्यक्षमा जयराज भट्ट (कपाडी), महिला उपाध्यक्षमा देवकीकुमारी जोशी, सचिवमा हर्कसिंह धामी, सहसचिवमा ईश्वरी खड्का, कोषाध्यक्षमा पुनम पाल बम लगायत अन्य सदस्यहरु चयन भएका छन्।

Leave A Reply

Your email address will not be published.