पिपलकोट मावि लोजनीको ५६ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी : शिवनाथ गाउँपालिका–०४ लोजनीमा रहेको पिपलकोट माध्यमिक विद्यालयले ५६ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ। शनिवार एक कार्यक्रमका साथ ५६ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको प्रधानाद्यापक तेज बहादुर चन्दले बताउनुभयो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण सिह धनाडीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउदको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको हो। यसैगरी कार्यक्रममा शिक्षा शाखा प्रमुख दिनेश साउद बिशिष्ट अतिथि रहनु भएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्दले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको लेखापाल बिरेन्द्र सिह साउदले जानकारी दिनुभयो। कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए।

Leave A Reply

Your email address will not be published.