यौङ्ग स्टार क्रिकेट क्लबको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता सुरु

दिपक राज दिर्घायु
फागुन २६ बिहीबार,२०७८

बैतडी–मेलौलीमा खुल्ला क्रिकेट प्रतियोगिता बिहीबार बाट सुरु भएको छ । यौङ्ग स्टार क्रिकेट क्लबको आयोजनामा मेलौली नगरपालीका–०१ मा रहेको मेलौली भगवति मन्दिरको प्राङ्गणमा प्रतियोगित सुरु भएको क्लबका पुर्ब कप्तान मगेश दयालले बताए ।

खेल जगतमा खेलाडीहरुको क्षमता विकासका लागि र राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागी खेलकुद र मनोरञ्जनका लागि खेलकुद आवश्यक भएका कारण खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरिएकोे उनले बताएका छन ।

प्रतियोगितामा ८ ओटा टिम सहभागि भएका छन । खेल फागुन २८ गतेसम्म सञ्चालन हुने आयोजक क्लबले जनाएको छ । खेल लिग म्यच १० ओभर, सेमि फाईनल १५ ओभर र फाईनल खेल २० ओभरको हुने आयोजक समितिले जनाएको छ ।

प्रतियोगिमा पहिलो हुने टिमलाई २० हजार सहित ट्रफि, मेडल, प्रमाणपत्र र दोस्रो हुने टिमलाई १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै बेष्ट बलरलाई ५०० सहित प्रमाण पत्र, बेष्ट ब्याट्सम्यानलाई ५०० सहित प्रमाण पत्र र म्यान अफ द सिरिजलाई १००० सहित प्रमाणपत्र प्रदान गरिने जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.