मेलौलीमा पहिलो दिन चार सय भन्दा बढी किशोरीले‘एचपिभी’खोप लगाए

बैतडी– सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा मेलौलीमा करिब ४७३ जना किशोरीले खोप लगाएका छन ।

मेलौली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मोहन सिंह भाटका अनुसार खोप सञ्चालन भएको पहिलोे दिन अर्थात् माघ २७ गते ४ सय ७३ जना किशोरीले खोप लगाएका छन्

खोप अभियान उत्साजनक रुपमा चलिरहेको र लक्ष्यअनुसार नै सबै किशोरीलाई खोप लगाउने भाटले बताउनुभयो ।नगरपालिकाका ९ वटै वडाका विभिन्न ११ खोप केन्द्रबाट आज खोप लगाईएको स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्दले जानकारी दिनुभयो ।

माघ २९ गते पनि विभिन्न विद्यालयमा रहेका खोप केन्द्रबाट र ३० गते खोप लगाउन छुटेकाहरुलाई सम्बन्धित वडाको स्वास्थ्य केन्द्रबाट लगाउने योजना रहेको चन्दले बताउनुभयो।

नगरभित्रका सामुदायिक विद्यालय तथा स्वास्थ्य केन्द्रलाई खोपकेन्द्र निर्धारण गरिएको हो। जसका लागि ३२ जना स्वास्थ्यकर्मी ६४ जना स्वयमसेविका परिचालन गरिएको स्वास्थ्य शाखामा कार्यरत सि.अ.न.मी निरिक्षक हरिना कुमारी भण्डारीले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.