बैतडीको पाटन नगरपालिका र मेलौली नगरपालिकाले अन्तरपालिका सहयोग आदानप्रदान गर्ने भएका छन्। सोमबार दुवै पालिकाका जनप्रतिनिधिहरुको सयुक्त बैठकबसी दुवै पालिकाले एकआपसमा सहयोग गर्ने निर्णय गरेका हुन ।
दुवै पालिकाको सयुक्त बैठकबाट महत्वपूर्ण चार वटा निर्णयहरु गरिएका छन् । दुवै पालिकामा भइरहेका विकास निर्माण, ऐन, नियमावाली, कार्यविधि, विद्यालय समायोजन लगायतका विषयमा सहकार्य गर्ने निर्णय गरिएको छ ।
यसैगरी जिल्लाको अल्पकालिन महिला सुरक्षीत आवासगृह सञ्चालनका लागि मेलौली नगरपालिकाले आवश्यक आर्थिक सहयोग गर्ने व्यावस्था मिलाउने निर्णय पनि गरिएको छ। दुवै पालिकाले गर्ने कुनै पनि कार्यक्रममा एकअर्का पालिकाका प्रतिनिधिहरुलाई आमन्त्रित गर्ने प्रक्रियाको सुरुवात गर्ने पनि अन्रपालिकास्तरीय बैठकबाट निर्णय गरिएका छन्।
सामाजिक सुरक्षा, विपद व्यवस्थापन, शिक्षक तालिमको व्यवस्था लगायतका विषयमा अन्तर पालिकास्तरीय कार्यक्रमको सञ्चालन गर्नै विषयमा पनि निर्णय गरिएका हुन्। मेलौली नगरपालिकाका प्रमुख भिम बहादुर चन्दको सभाध्यक्ष्तामा बसेको बैठकमा पाटन नगरपालिकाका नगर उपप्रमुख कमल बोहरा अपी, मेलौली नगरपालिकाका उपप्रमुख पार्वती बोहरा बिष्ट लगायतका जनप्रतिनिधिहरु, मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्द, पाटन नगरपालिकाका अधिकृत विस्ना भण्डारी लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो।