बैतडी : पञ्चेश्वर गाउँपालिका–०५ स्थिति जयपुर मावि जेवलकट्टेको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालय व्यबस्थापन समिति अध्यक्ष जनक बहादुर चन्दको सभापतित्व तथा मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको हो।
यसैगरी कार्यक्रममा जिल्ला समुन्वय समिति बैतडीका सदस्य हरु नेपाली, मेलौली नगरपालिका–०७ का वडाध्यक्ष राम्चन्द्र भट्ट, पञ्चेश्वर गाउँपालिका–०५ का कार्यवाहक वडाअध्यक्ष राम बहादुर चन्द, शिक्षक अभिभावक संघका अध्यक्ष राज बहादुर चन्द , नेपाल रेडक्रस सोसाईटी बैतडीका मन्त्री रमेश भण्डारी, नागार्चन मावि रन्तोलीका प्रधानाध्यापक गणेश भण्डारी विशिष्ट अतिथिमा रहेका थिए।
विद्यालयका प्रधानाध्यापक गोरख बहादुर चन्दले विद्यालयको आयव्यय प्रस्तुत गरेका थिए। शिक्षक राहेन्द्र देव भट्टले सञ्चालन गरेको कार्यक्रममा शिक्षक मनोज चन्दले स्वागत मन्तव्य व्यक्त गर्नुभएको हो।
कार्यक्रममा शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा कक्षा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाइ पुरस्कार प्रदान गरिएको थियो। साथै शैक्षिक सत्र २०८१ मा सबैभन्दा बढी विद्यालयमा उपस्थित हुने, अनुशासित र लगनशील विद्यार्थीहरु छनोट गरी पुरस्कार प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ।
वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रममा विद्यार्थीहरुले गीत, कविता, नृत्य लगायतका प्रतिभाहरु प्रस्तुती प्रस्तुत गरेका थिए। कार्यक्रममा समाजसेवी , वुद्विजीबी लगायतका अभिभावक हरुको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा जयपुर माबिका लेखापाल खडक चन्दले बिद्यालयले छनोट गरेका अति बिपन्न परिवारका ७ जना बिद्यार्थीहरुलाई पोसाक समेत बितरण गरेका थिए।